News Portal

  • भारतमा लकडाउनको धज्जीः हजारौं मानिसहरु सडकमा, अमेरिकाको भन्दा भयावह हुन सक्ने चेतावनी

    ११७० पटक

    काठमाडौँ । भारतमा कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः थप २१ दिनबाट ४० दिनसम्म पुर्याएका छन् । मोदीले कोरोनाबाट बच्न लकडाउनमा कडाई गर्ने उद्घोष गरेका थिए । तर, भारतमा लकडाउनको उलंघन हुन थालेको भारतीय संचारमाध्यमहरुले समाचार बनाएका छन् । भारतका अधिकांश संचारमाध्यमहरुले देशका विभिन्न स्थानहरुमा लकडाउन तोडेर मानिसहरु सडकमा निस्केको दृश्यहरु प्रसारण गरेका छन् ।

    त्यसैगरी क्वारेन्टाइनमा राखिएकाहरु पनि भागेर जान थालेका छन् । मजदूरहरु हिडेरै सडकमा यात्रा गरिरहेका छन् । मोदीले लकडाउन कडा पार्ने भन्दै दोस्रो पटकको अवधि थपको घोषणा गरेको केही घण्टापछि रेल, बस स्टेशनमा हजारौं मानिसहरु जम्मा भएका थिए । भारतीय संचारमाध्यमहरुले ति दृश्य प्रसारण गर्दै लकडाउनको धज्जी उडेको बताएका थिए ।

    भारतको मुम्बईको रेल स्टेशनमा घर फर्किन लागि हजारौं मजदूरहरु जम्मा भएर नाराबाजी गरिरहेको भिडियो भारतीय संचारमाध्यमहरुले प्रसारण गरेका छन् । भारतमा सबैभन्दा कोरोनाभइरसबाट बढी प्रभावित पनि मुम्बई नै हो । लकडाउन र सामाजिक दूरीको कुनै प्रवाह नगरी हजारौं मानिसहरु स्टेशनमा भेला भएको थिए ।

    पहिलो लकडाउन सकिएपछि घर फर्किन पाउने आशमा उनीहरु जम्मा भएका थिए । प्रधानमन्त्री मोदीले मजदूरको लागि रासनको व्यवस्था गरेको बताएपनि भोकै मर्नुभन्दा घर जाने तयार भएका थिए । उनीहरुले आफूहरु भोगले मर्नुभन्दा कोरोनाले मर्न तयार बताउँदै नाराबाजी गरिरहेका थिए ।

    सुरुमा थोरै संख्यमा देखिएका सुरक्षाकर्मीले भिडलाई हटाउन सकेन । पछि थप सुरक्षाकर्मी आएर भिडमाथि लाठी चार्ज गरेको थियो । सो क्रममा भागदौड मच्चिएको थियो । यो भिडमा एकजनालाई कोरोना संक्रमण हुँदा हजारौंमा सर्ने निश्चित थियो ।

    रेल स्टेशनमा जम्मा भएको भिडमा अधिकांश भारतकै अन्य इलाकाबाट कामको सिलसिलामा मुम्बई आएकोहरु भएपनि केही नेपाली पनि भएको बताइएको छ । यो समस्या मुम्बईको मात्रै नभएर अन्य क्षेत्रमा पनि छ ।

    भारतीय संचारमाध्यमहरुले भिडलाई जम्मा हुन दिने सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने भन्दै समाचार सम्प्रेशण गरिरहेका छन् ।

    भारतीय चिकित्सकहरुले तीब्र रुपमा कोरोना फैलिरहेको अवस्थामा हजारौं जम्मा हुनुलाई खतराको घण्टी भएको बताउँछन् । उनीहरुले भारतमा अहिलेकै जस्तो लथालिंग र भताभुंग हुने हो भने अमेरिकाभन्दा कयौं गुण बढी भयावह हुने चेतावनी दिएका छन् ।

    नेपालको छिमेकी भारतमा पनि मृत्यु हुनेको संख्या बढेको छ । अहिलेसम्म भारतमा ४ सय ४८ जनाको कोरोनाभाइरसका कारण ज्यान गइसकेको छ भने करिब १४ हजार संक्रमितको संख्या पुगेको छ ।

    प्रतिकृया दिनुहोस्