News Portal

  • कोरोना अपडेटः मृत्यु हुनेको संख्या १ लाख ४६ हजार नजिक, अमेरिकामा ३५ हजार नजिक

    २४४ पटक

    काठमाडौँ । कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या तीब्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टा मृत्यु र संक्रमितको संख्या अनुमान गरिएभन्दा निकै बढेको छ ।

    अहिलेसम्म करिब २२ लाख नजिक संक्रमितको संख्या पुगेको छ भने मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नजिक पुगेको छ । विश्वभर शुक्रबार विहानसम्म एक लाख ४५ हजार ६ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

    कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भइरहेको छ । पछिल्ला विवरणअनुसार अमेरिकामा ३४ हजार ६१७ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् ।

    त्यसैगरी इटलीमा २२ हजार नाघेको छ । संक्रमित एक लाख ६९ हजार पुगेको छ । त्यसैगरी स्पेनमा पनि मृत्यु हुनेको संख्या बढेको छ । स्पेनमा १९ हजार ३१५ जनाको मृत्यु भइसकेको छ भने करिब दुईलाख संक्रमितको संख्या पुगेको छ ।

    त्यसैगरी फ्रान्स र बेलायतमा पनि मृत्यु हुनेको संख्या बढेको छ । फ्रान्समा १७ हजार ९२० जनाको मृत्यु भएको छ भने बेलायतमा १३ हजार ७२० जनाको मृत्यु भइसकेको छ ।

    पल्लिा विवरणअनुसार जर्मनीमा संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आएको छ । मृत्यु हुनेको संख्या ४ हजार नाघ्दा सन्चो हुनेको संख्या ७७ हजार पुगेको छ भने एक लाख ३८ हजार संक्रमितको संख्या पुगेको छ

    नेपालको छिमेकी भारतमा पनि मृत्यु हुनेको संख्या बढेको छ । अहिलेसम्म भारतमा ४ सय ४८ जनाको कोरोनाभाइरसका कारण ज्यान गइसकेको छ भने करिब १४ हजार संक्रमितको संख्या पुगेको छ ।

    नेपालमा संक्रमितको संख्या १६ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या बढेको छैन । र्यापिड टेष्टमा पोजेटिभ देखिएका केही केशहरुको अन्तिम रिपोर्ट आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्