News Portal

  • कोरोनाबाट सेवाग्राहीको मृत्यु भएमा दुई लाख दिने नागरिक लगानी कोषको निर्णय

    ४४० पटक

    काठमाडौँ । नागरिक लगानी कोषले कोरोनाभाइरसका कारण सेवाग्राहीको मृत्यु भएमा दुई लाख दिने निर्णय गरेको छि । कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीको कोरोनाबाट मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति स्वारुप सो रकम दिने कोषले निर्णय गरेको हो ।

    त्यसैगरी विहीबार बसेको संचालक समिति बैठकले सेवाग्राहीलाई ब्याजमा १० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई हाल छुट प्रदान गर्ने निर्णय गरेको कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए ।

    कोषले २०७६ चैतदेखि २०७७ असारसम्मको व्याज २०७७ असारभित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा सो छुट दिने निर्णय गरेको छ । बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दे सो निर्णय गरेको हो ।

    बिषम परिस्थितिमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने अपेक्षा कोषले गरेको छ ।

    प्रतिकृया दिनुहोस्