News Portal

  • प्रहरीबाट फेरि कुटिए स्वस्वास्थ्यकर्मी, र्‍यापिड टेष्टमा खटिएका खनालालई सई राउत कुटे

    २९८ पटक

    कठमाडौँ । डिउटीबाट फर्किएको डाक्टरलाई प्रहरीले कुटपिट गरेको घटना सेलाउन नपाउँदै अर्का स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेको सार्वजनिक भएको छ ।

    स्वास्थ्य सेवालाई अत्यवश्यक भित्र राखेपनि प्रहरीले लकडाउनको उलंघन गरेको भन्दै कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कुटपिट गर्न थालेका छन् ।

    धरान–५ स्कुलडाँडामा स्वास्थ्यकर्मी (हेल्थ असिस्टेन्ट) चन्द्रप्रकाश खनालमाथि प्रहरी नावय निरिक्षक भेषबहादुर राउतले लाठीले कुटेका छन् । धरान उपमहानगरपालिकाले र्यापिड टेष्ट गर्न खटाएका खनाललाई प्रहरीले लकडाउनको उलंघन गरेको भन्दै कुटपिट गरको हो ।

    बिरामीको प्रेसर जाँच्न जाँदै गर्दा आफूलाई प्रहरीले कुटेको खनालले बताएका छन् । कुटपिटको घटना सर्वाजनिक भएपछि धराना

    उपमहानगरपालिकाका प्रमुख तिकल राई, उपप्रमुख मन्जु भण्डारी, डिएसपी ढुन्डीराज न्यौपाने सम्मिलित छानविन समिति गठन गरिएको थियो ।

    हिजो त्रिवि शिक्षण अस्पतालका डाक्टरहरु डेरामा जाँदै गर्दा प्रहरीले कुटपिट गरेको थियो ।

    प्रतिकृया दिनुहोस्