News Portal

  • अमेरिकामा भिषण आँधीः ३० जनाको मृत्यु, १० लाख घरबारविहीन

    २४९६ पटक

    काठमाडौँ । कोरोनाभाइरससँग संघर्ष गरिरहेको अमेरिकामा भिषण बाढी आएको छ । शक्तिशाली हावाहुरीसँगै आएको आँधीका कारण ३० जनाको मृत्यु भइसकेको छ भने दर्जनौं व्यक्तिहरु बेपत्ता भएका छन् ।

    त्यसैगरी आँधीका कारण दश लाखभन्दा बढी नागरिक घरबारविहीन भएका छन् । आँधीबाट प्रभावितहरु एकै ठाउँमा जम्मा भएर बस्नु परेको छ भने त्योसँगै कोरोना संक्रमणको डर पनि छ । आँधीबाट सबैभन्दा बढी प्रभावित अलाबामा राज्यमा भएको छ । त्यहाँ ११ जनाको मृत्यु भइसकेको छ भने केही हराइरहेका छन । आँधी पीडितहरु सामुहिक रुपमा सामुदायिक आश्रय केन्द्रमा बसेका छन् । उनीहरु कोरोना संक्रमणको उच्च जोखिमा छन् ।

    दक्षिणी क्यारोलिना राज्यमा ९ जनाको मृत्यु भइसकेको छ भने जर्जियामा आठ जनाको मृत्यु भएको छ । टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाएका छन् ।

    त्यसैगरी अर्कान्सास र उत्तरी क्यारोलिना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।

    दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात (टोर्नाडो) उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको मौसम विज्ञान विभागले जनाएका थिए ।

    स्थानीय संचारमाध्यमहरुका अनुसार जर्जियाका गभर्नर ब्रायन केम्पले कोरोनाभाइरसका कारण धेरै मानिस कामबिहीन भएको अवस्थामै आँधीले उनीहरुको सर्वस्व लुटेको बताए ।

    आँधी प्रभावित क्षेत्रहरुमा बाढी र पहिरो गएको छ भने टेक्सासदेखि मेनसम्मको क्षेत्रमा १३ लाख ग्राहकको विद्युत लाइन काटिएको छ । टेनिसी उपत्यकामा सप्ताहान्तमा वर्षा मापन गर्दा १५ सेन्टिमिटरसम्म वर्षा भएको पाइएको छ । टेनिसी र अलाबामाका ताल र नदीको सतह बढेको छ ।

    अहिलेसम्मका विवरणअनुसार अमेरिकामा कोरोनाभन्दा आँधीबाट मृत्यु हुनेको संख्या धेरै छ ।

    शिर्षकः अमेरिकामा भिषण आँधीः ३० जनाको मृत्यु, १० लाख घरबारविहीन हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएकाे छ- सम्पादक ।

    प्रतिकृया दिनुहोस्