News Portal

  • कोरोना अपडेटः मृत्यु हुनेको संख्या १ लाख २० हजार, अमेरिकामा २४ हजार नजिक

    २४७ पटक

    काठमाडौँ । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । यो समाचार पार्दासम्म विश्वभर १ लाख ९३ हजार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

    त्यसैगरी संक्रमितको संख्या ११ लाख ९८ हजार पुगेको छ ।

    सबैभन्दा बढी अमेरिकामा मृत्यु भएका छन् भने संक्रमितको संख्या पनि ६ लाख नजिक पुगेको बताइएको छ ।

    अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ७० पुगेको छ । त्यस्तै इटलीमा २० हजार ४६५ जनाको मृत्यु भएको छ । स्पेनमा १७ हजार ७५६ जनाको मृत्यु हुँदा एक लाख ७० हजारभन्दा बढी संक्रमित छन् ।

    फ्रान्समा १४ हजार ९६७ जनाको कोरोनाबाट ज्यान गइसकेको भने १ लाख ३७ हजार संक्रमित छन् ।

    त्यसैगरी बेलायतमा मृत्यु हुनेको संख्या ११ हजार ३२९ पुगेको छ भने ८८ हजार ६२९ जना संक्रमित छन् ।

    नेपालको छिमेकी भारतमा मृत्यु हुनेको संख्या ३५८ पुगेको छ भने १० हजार ५४१ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएको छ ।

    नेपालमा १६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टी भइसकेको छ भने एकजनाको रिपोर्ट आजै आउँदैछ । उनी सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारमा तीनजना मध्ये एक हुन् । पुनः गरिएको परीक्षणबाट दुईजनामा पुष्टी भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्