News Portal

  • केपी र नारायणकाजीलाई बाबुरामको प्रश्नः पारिश्रमिक नलिए विलासी खर्च कसरी चल्छ ?

    २०४ पटक

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा) प्रबक्ता नारायणकाजी श्रेष्ठले आफ्नो तलब कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेसँगै विभिन्न प्रश्न उठ्न थालेका छन् । प्रश्नकर्ताहरुले तलब तथा सेवा सुविधा नलिएपछि कसरी विलासी जीवनशैली चल्छ भन्दै प्रश्न गरेका छन् ।

    यसैक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सेवा सुविधा नलिएपछि कसरी विलासी रहनसहनको खर्च चल्छ भन्दै प्रश्न गरेका छन् ।
    समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका डा. भट्टराईले आफ्नो पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरुको विलासी रहनसहन र चुनावी खर्च कसरी चल्छ भन्दै प्रश्न गरेका हुन् । पारिश्रमिक नलिने घोषणा गरेका थिए । त्यसैगरी सत्तारुढ (नेकपा) का नेता तथा राष्ट्रिय सभामा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षसम्म पारिश्रमिक नलिने घोषणा गरेका थिए ।

    योसँगै उनीहरुको आर्थिक स्रोत अपारदर्शिक रहेको भन्दै सामाजिक संजालमा विभिन्न प्रश्न उठाइएका छन् ।

    “आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसदरसरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?” भट्टराईले ट्वीटरमा लेखेका छन् ।

    यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब, मन्त्रीहरुले एक महिनाको तलब र सांसदहरुले १५ दिनको कोरोना कोषमा जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्