News Portal

  • रौतहटमा १९ वर्षीय युवामा कोरोना संक्रमण, संक्रमितका संख्या १४ पुग्यो

    १६७ पटक

    काठमाडौँ । रौतहटमा पनि थप एक युवामा कोरोनाभाइरस संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा रौतहटमा क्वारेन्टाइनमा बसेको युवामा कोरोना संक्रमण देखिएको हो ।

    आजै कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो ।

    हिजो ३ जनामा संक्रमण भएको पुष्टी भएको थियो भने आज दुईजनमा संक्रमण भएको पुष्टी भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ ।

    आइतबार मात्रै पर्साको वीरगंज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएकोे थियो ।

    नेपालमा सोमबारसम्म ५ हजार २ सय ९१ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । आइसोलेसनमा देशभरी १०३ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार १ सय ९१ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्