News Portal

  • कैलालीमा थप एकजनामा कोरोना संक्रमण भएको पुष्टी, कैलालीमा सबैभन्दा बढी संक्रमित

    २६० पटक

    धनगढी । कैलालीमा थप एकजनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएको छ । लम्की चुहामा ६५ वर्षीया महिलामा कोरोना भएको हो ।
    कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् ।

    लम्की पुगेपछि उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थिए । त्यहाँ बसेकाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षणको रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।

    संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् । तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।

    लम्की चुहा नगरपालिकाका प्रमुख महादेव बजगाइँका अनुसार महिलासहित उनकै नाता पर्ने काका, भतिजा, नाती, नातिनालगायतको १७ जनाको टोलीसँगै आएको थियो । जसमध्ये १६ जनालाई लम्की क्वारेन्टाइनमा राखिएको थियो ।

    कोरोना संक्रमणको पुष्टी भएपछि आजै उनलाई टीकापुर अस्पतालको एम्बुलेन्समा राखेर सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ ।

    योसँगै नेपालमा कैलाली जिल्ला सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला बनेको छ । कोरोनाको केन्द्र कैलाली बन्न सक्ने भन्दै चिकित्सकहरुले सतर्कता अपनाउन भनेका छन् ।

    प्रतिकृया दिनुहोस्