News Portal

कोरोना अपडेटः मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्यो, अमेरिकामा मात्रै २२ हजार बढी

३४५ पटक

काठमाडौं । नोबल कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या तीब्र रुपमा बढिहरेको छ ।

यो समाचार तयार पर्दासम्म विश्वभर १ लाख १४ हजार २ सय ५४ पुगेको छ भने १८ लाख ५३ हजार ४६४ जना संक्रमित भएका छन् । यो संख्या निको भएकाहरुको पनि हो ।

सबैभन्दा बढी अमेरिकामा २२ हजार २१५ जनाको मृत्यु भइसकेको छ भने करिब ६ लाख संक्रमित भएका छन् । जसमा ३२ हजारमात्रै सन्चो भएर घर फर्केका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा त्यहाँ १५ सय बढीको मृत्यु भएको छ ।

त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ । त्यहाँ १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ ।

स्पेनमा १ लाख ६६ हजार ८ सय ३१ जना संक्रमित हुँदा १७ हजार २ सय ९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ३२ हजार ५ सय ९१ जना संक्रमित हुँदा १४ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख २७ हजार ८ सय ५४ जना संक्रमित भएका छन् । मृतकको संख्या ३ हजार २२ जनाको मृत्यु भएको छ ।

बेलायतमा ८४ हजार २ सय ७९ जना संक्रमित छन् भने १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ ।

भारतमा ९ हजार २ सय ५ जना संक्रमित हुँदा ३ सय ३१ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ५ हजार २ सय ३० पुग्दा ९१ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्