News Portal

  • सात दिनभित्र आफ्ना नागरिक फिर्ता लिन नेपालसहितका देशलाई ट्रम्पको आदेश

    ५३९९८ पटक

    काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान आदेश दिएका छन् । कोरोनाको महामारी तीब्र रुपमा फैलिरहेको बेला ट्रम्पले नेपालसहित विश्वका विभिन्न देशहरुलाई सो आदे दिएका छन् ।

    न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति ट्रम्पले फिर्ता नलिएमा वा जान अटेर गर्ने विदेशी नागरिकलाई जरिवाना तिर्नुपर्ने एक आदेशपत्रमा हस्ताक्षर गरेका छन् । यो आदेश पत्र जारी भएसँगै अब अमेरिकामा रहने विदेशी नागरिकलाई प्रशासनले जरिवाना तिराउनेछ ।

    विदेशी नागरिकले अमेरिकीहरुको सार्वजनिक स्वास्थ्यमा खतरा थपेको भन्दै सम्बन्धित सबै देशहरुलाई समय सीमा भित्रै आफ्ना नागरिक फिर्ता लिन आदेश पत्रमा भनिएको छ ।

    अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको सूचनामा भनिएको छ, “अमेरिकाबाट आफ्ना नागरिकलाई फिर्ता लान अटेर वा बिनाकारण ढिलाइ गर्ने देशहरूले अमेरिकामा फैलिरहेको कोरोनाभाइरसको समयमा अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा स्वीकार गर्न नसकिने खालका जोखिम थपिरहेका छन् ।” यो सूचनाको अटेर गर्नेलाई ‘भिसा निषेधाज्ञा’को कारबाही गर्ने ट्रम्पले भनेको न्यूयोर्क टाइम्सले समाचारमा उल्लेख गरेको छ ।

    ट्रम्पको यो आदेश अमानविय भएको बताइएको छ । कोरोना मानिसहरु आवातजावत गरे संक्रमणको ख‍तरा रहेको बेला यसरी मानिसहरुलाई मानिसहरुलाई फिर्ता गर्ने कोरोना फैलाउनु भएको भन्दै विरोध सुरु भएको छ ।

    न्यूयोर्क टाइम्सको लिंक 

     

    प्रतिकृया दिनुहोस्