News Portal

  • स्वास्थ्यकर्मीलाई २ सय प्रतिशतसम्म भत्ता दिने रास्कोट नगरपालिकाको निर्णय

    ४९२९ पटक

    कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा खटिइ सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीलाई २ सय प्रतिशतसम्म भत्ता उपलब्ध गर्ने निर्णय गरेको छ । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।जोखिम मोलेर सेवामा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप उक्त भत्ता दिन लागिएको नगरपालिकाले जनाएको छ ।

    नगर प्रमुख काशिचन्द्र बरालका अनुुसार आइसोलेसन कक्ष, हेल्थ डेस्क र ज्वरो मापन केन्द्रमा खटिने स्वास्थ्यकर्मीलाइ नियुक्त पदको सुरु स्केलको २ सय प्रतिशत, क्वारेनटाइन, ओपिडि र समुदायमा खटिने स्वास्थ्यकर्मीलाइ नियुक्त पदको सुरु स्केलको एक सय प्रतिशत भत्ता दिने निर्णय गरिएको छ । त्यसैगरी अन्य स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, स्वीपर र अन्य कर्मचारीलाई नियुक्त पदको सुरु स्केलको पचास प्रतिशत भत्ता दिइनेछ ।

    यसैबिच नगरपालिकाले आफू खुशी राहत वितरण नगर्न भनेको छ । नगरपालिकाले एकद्वार प्रणाली अन्तरगत राहत वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिँदै आफू खुशी राहत वितरण गर्दा लक्षित वर्गमा नपुग्ने भन्दै त्यो नगर्न सबैलाई आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्