News Portal

  • कोरोना अपडेटः मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो, करिब १६ लाख संक्रमित

    १९६ पटक

    काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या बढिरहेको छ । विहीबार साँझसम्म विश्वभर मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ ।

    त्यसैगरी करिब साढे १५ लाख संक्रमित भएका छन् । सबैभन्दा इटलीमा मृत्यु हुनेको संख्या धेरै पनि तीब्र गतिमा अमेरिकामा मृत्यु भइरहेको छ । त्यसैगरी स्पेनमा पनि विहीबार मृत्यु हुनेको संख्या बुधबारभन्दा बढी रहेको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मृत्यु हुनेको ९० हजार ११ पुगेको छ ।

    इटलीमा मृत्यु हुनेको संख्या १७ हजार ६६९ पुगेको छ भने स्पेनमा १५ हजार २३८ को मृत्यु भएको छ ।

    त्यसैगरी अमेरिकामा १४ हजार ८ सय ६५ जनाको मृत्यु भएको छ भने ४ लाख ३५ हजार ९ सय ४१ जना संक्रमित भएका छन् । फ्रान्समा १० हजार ८६९ जनाको मृत्यु भएको छ । बेलायतमा मृत्यु हुनेको संख्या आज पनि बढेको छ । बेलायतमा ७ हजार नाघेको छ । इरानमा मृत्यु हुनेको संख्या ४ हजार ११० पुगेको छ ।

    त्यस्तै बेल्जियममा पनि मृत्यु हुनेको संख्या बढेको छ । मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघ्दा करिब २६ हजार संक्रमित भएको पुष्टी भएको छ ।

    प्रतिकृया दिनुहोस्