News Portal

  • काठमाडौँबाट बाहिर जान नदिने सरकारको निर्णय

    १७७ पटक

    काठमाडौँ । काठमाडौँबाट मानिसहरुलाई बाहिर जान नदिने सरकारले निर्णय गरेको छ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय भएको भन्ने समाचार सार्वजनिक भएसँगै सरकारले यो निर्णय गरेको हो ।

    कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्रीलगायतको बैठकले उपत्यका बाहिर पठाउँदा थप जोखिम हुने भन्दै तत्काल त्यस्तो निर्णय नगर्ने निष्कर्ष निकालेको छ । उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि र पर्सी घर फिर्ता हुन दिने कि भनेर छलफल भएको थियो ।

    काठमाडौँबाट रातारात मानिसहरु गाउँ फर्किरहेका छन् । उनीहरुले काठमाडौँमा बच्न गारो भएको आफूहरुलाई घर फिर्ता हुन दिन माग गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्