News Portal

  • मेल्लेख गाउँपालिकामा आवतजावतमा कडाई, नाकाहरुमा स्वयमसेवकको गस्ती

    १९६ पटक

    अछाम । जिल्लाको मेल्लेख गाउँपालिकाले आवतजावतलाई रोक्न नाकामा सक्रियता बढाएको छ । अछामको मेल्लेख गाउँपालिकाले छिमेकी स्थानीय तह र बाजुरा जिल्लासँग जोडिएका नाकामा दैनिक दुईदुई जनाको दरमा स्वयमसेवक परिचालन गरेको छ ।

    गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराकाअनुसार कोरोनाभाइरसको उच्च जोखिम बढेसँगै गाउँपालिकाले आवतजावतलाई पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । बाहिरबाट आउन नदिने र गाउँबासीलाई बाहिर जान नदिन स्वयमसेवक परिचान गरिहेको अध्यक्ष बोहराले बताए ।
    मुख्य प्रवेशद्वार मेल्लेखमा एकजना प्रहरीसहित दुईजना, जयगढ-नन्देगडाको बीचमा दुईजना स्वयमसेवकले नियमित गस्ती गरिरहेका छन् ।

    त्यसैगरी छिमेकी जिल्ला बाजुराको बुढागंगा गाउँपालिकाको रिठाबाट मेल्लेख गाउँपालिकाको ३ नम्बर वडाको बिराबगर जोड्ने पुलमा र जयगढ- छातासैन हुँदै मेल्लेख गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने सडकमा पनि दुईदुई जना स्वयमसेवक परिचालित छन् ।

    अध्यक्ष बोहराको अनुसार खटिएका स्वयमसेवहरुले बाहिरबाट आउने मान्छेलाई सम्झाईबुझाई फर्काउने र आउनु नै पर्नेभए क्वारेन्टाइनमा बस्न सुझाव दिने गरिरहेका छन् । त्यसैगरी मेल्लेख गाउँपालिकाबासीलाई पनि बाहिर जान नदिन सम्झाउने र कोरोनाको बारेमा जानकारी गराउने गरिरहेका छन् ।

    परिचालत युवाहरुलाई दैनिक खाजा स्वरुप पाँच सय रुपैयाँ गाउँपालिकाले व्यवस्था गरेको छ । सरकारले एक स्थानीय तहबाट अर्कोमा जान प्रतिबन्ध लगाएसँगै आवतजावतलाई रोक्न आफूहरुले स्वयमसेवक परिचालन गरेको अध्यक्ष बोहरले बताए । स्वयमसेवकहरु विहानैबाट साँझसम्म फिल्डमै खट्‍ने र जावतजावतको सूचना पाएपछि राति पनि तोकिएको ठाउँमा पुगेर जावतजावतलाई रोकिरहेका छन् ।आवातजावतलाई रोक्न छिमेकी स्थानीय तहलाई पनि कडाई गर्न अध्यक्षले सुझाव दिए ।

    प्रतिकृया दिनुहोस्