News Portal

  • कोरोना अपडेटः मृत्यु हुनेको संख्या ८९ हजार नजिक, इटलीपछि अमेरिका

    १४९ पटक

    काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरेको छ । विहीबार विहानसम्म आइपुग्दा मृत्यु हुनेको संख्या ८९ हजार नजिक पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

    अमेरिका इटलीपछि धेरैको मृत्यु हुनेमा पुगेको छ । १४ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ । यो स्पेनभन्दा ३ जना बढीको अमेरिकामा मृत्यु भएको छ ।

    स्पेनमा १४ हजार ७ सय ९२ को मृत्यु भएको छ । संक्रमित भने सबैभन्दा बढी साढे चार लाख संक्रमित भएका छन् । जबकी इटलीमा १ लाख ३९ हजार ४२२ छ तर मृत्यु भने अमेरिकामा भन्दा झण्डै तीन हजारले बढी छ । इटलीमा १७ हजार ६६९ को मृत्यु भएको छ ।

    त्यसपछि फ्रान्समा १० हजार ८६९ को मृत्यु भएको छ । बेलयतमा ७ हजार नाघेको छ । इरानले पनि मृत्यु र संक्रमणलाई नियन्त्रणमा लिएको छ । अहिलेसम्म ३ हजार ९९३ जनाको मृत्यु भएको छ ।

    नेपालमा ९ जनाभन्दा बढी संक्रमित अहिलेसम्म भेटिएका छैनन् तर छिमेकी भारतमा भने बढीरहेको छ । संक्रमितको संख्या ६ हजार नजिक पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय ७८ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्