News Portal

  • कोरोनाबाट विदेशमा दश नेपालीको मृत्यु, संक्रमित कति पुगे ?

    १७३ पटक

    काठमाडौँ । कोरोनाभइरसका कारण विभिन्न देशहरुमा रहेका नेपालीको पनि मृत्यु र संक्रमित हुनेको संख्या बढ्दै गएको छ । पछिल्ला विवरणअनुसार १० नेपालको मृत्यु भइसकेको छ भने पाँच सयभन्दा बढी कोरोनासँग लडिरहेका छन् ।

    वैदेशिक रोजगार, पेशा व्यवसाय र उतै बस्दै आएका नेपालीहरु कोरोनाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

    अमेरिकामा, बेलायतमा, युएईमा गरी दश नेपालीको कोरोनाभाइरका कारण मृत्यु भएको बताइएको छ ।

    अमेरिकामा सोलुखुम्बुका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका–४ दिम्बल का शेर्पा विगत १३ वर्षदेखि अमेरिका बस्दै आएका थिए ।

    ङिमाको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले बताएको छ । अमेरिकामा मात्रै चारसय भन्दा बढी नेपाली कोरोनाबाट संक्रमित भएको बताइएको छ ।

    उनी शेर्पा किदुगका आजीवन सदस्य थिए । शेर्पाका एक छोरा र एक छोरी छन् ।

    त्यसैगरी पछिल्लो पटक बेलायतमा एकजना भूतपूर्व गोरखा सैनिकको मृत्यु भएको छ । पर्वतका चेतप्रसाद गुरुङको मृत्यु भएको हो । उनी लण्डनको अल्पर्टनमा बस्दै आएका थिए ।

    केही दिन घरमै आइसोलेसनमा राखिएको थियो भने श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा गुरुङको मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस्