काठमाडौँ । बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने भएका छन् । सरकारले दोस्रो पटक अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको कोरोना भाइरस (कोभिड –१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई बन्द गर्ने निर्णय गरेको हो । यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्ततर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो । आज फेरि १५ दिनसम्म उडान बन्द गर्ने निर्णय समितिले गरेको छ ।
समितिले आन्तरिक उडानबारे भने केही निर्णय गरेको छैन । यसअघि आन्तरिक उडानहरु पनि बैशाख ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
