News Portal

कोरोना संक्रमणको आशंका गरिएका युवाको मृत्यु, दुबईबाट ८ गते काठमाडौँ पुगको थिए

१७६ पटक

बुटवल । कोरोना संक्रमणको आशंका गरिएका युवाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना गरिएको युवाको आइतबार मृत्यु भएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिकाका ७ निवासी थापाको मृत्यु कोरोना संक्रमणबाट भएको हो वा होइन भन्ने पुष्टी हुन सकेको छैन ।

कोरोना आशंकामा अस्पताल भर्ना गरिएका थापाको नमूना संकलन आइतबार काठमाडौँमा पठाएको अस्पतालले जनाएको छ । त्यसको रिपोर्ट आउन कम्तिमा पनि दुई लाग्ने बताइएको छ ।

चैत्र ७ गते दुबईबाट विमानमा यात्रा सुरु गरेका ८ गते काठमाडौँ पुगेका थिए । काठमाडौँबाट सिधै बुटवल पुगेका युवालाई चैत १३ गते बिहान अस्पतालमा भर्ना गरिएको थियो । थापामा कोरोना लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

पाल्पा जिल्लाको रिद्दीकोट गाउँपालिका कुश्मखोलाका स्थायी बासिन्दा सैनामैना नगरपालिकामा डेरा लिएर श्रीमती र दुई छोरासहित बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्