काठमाडौं । लकडाउनको अवधि बढ्ने पक्का भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि बढाउने निर्णय गरेको छ ।
लकडाउनको अवधि थप्नेभन्ने अहिले बस्न लागेको मन्त्रिपरिषद् बैठकले तोक्नेछ । स्रोतका अनुसार थप एक हप्ता लकडाउने गर्ने सरकारको योजना छ ।
कोरोना संक्रमित र विदेशबाट आएकाहरुको क्वारेन्टाइन अवधि पूरा नभएकोले लकडाउनको अवधि बढाउनु पर्ने विज्ञ तथा चिकित्सकहरुले सुझाव दिएका थिए । सोही सुझावको आधारमा समितिले लकडाउनको अवधि बढाउने निर्णय गरेको हो।
यसअघि सरकारले चैत १० गतेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
