News Portal

  • सरकारको लकडाउनले काम नगरेपछि कैलालीमा रुख ढालेर जनताको ‘लकडाउन’

    २१४ पटक

    धनगढी । कैलालीमा स्थानीयले एक गाउँबाट अर्को गाउँ जाने बाटो अवरुद्ध गरेका छन् । सरकारले घोषणा गरेको लकडाउनकै बेला पनि मानिसहरु एक ठाउँबाट अर्को गाउँ जान थालेपछि स्थानीयले रुख ढाले अबरुद्ध गरिरहेका छन् ।

    सरकारले लकडाउनको घोषणासँगै घर बाहिर ननिस्कन भनेपछि एक गाउँबाट अर्को गाउँ जाने क्रम नरोकिएपछि स्थानीयले रुख ढालेर, हुम पाइप बीच सडकमा ल्याएर, ढुंगा जम्मा गरेर अवरुद्ध गरिरहेका छनु ।

    लकडाउनको पाँचौं दिनसम्म पनि ओहोरदोहोर नरोकिएपछि कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँहरुले आफै जुटेका छन् । उनीहरुले विभिन्न नियम बनाएर लकडाउनको घोषणा गरेका छन् । अनुमति विना गाउँमा प्रवेश गर्न नपाइने, अपरचित व्यक्ति गाउँ प्रवेश गरे नियन्त्रणमा लिनेजस्ता नियम पनि बनाइएका छन् । यो खासगरी थारु बस्तीमा गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्