News Portal

  • लकडाउनका पाँचौ दिनः सुरक्षाकर्मीको कडाई

    १४१ पटक

    काठमाडौं । आज लकडाउनका पाँचौ दिन । सरकारले कोरोनाभाइरस रोकथामका लागि लागू गरेको लकडाउनको कार्यान्वयनको लागि आज विहानै सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

    हिजो एकजना थप संक्रमित भेटिएसँगै लकडाउनमा कडाई गरिएको हो । प्रहरीले लकडाउनको उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिन थालेको छ ।

    शनिबार विहानै प्रहरीले काठमाडौँसहित देशका विभिन्न स्थानहरुबाट डेढ सयभन्दा बढीलाई नियन्त्रणमा लिएको बताइएको छ । तेस्रो र चौथो दिनभन्दा पाँचौ दिनमा आईपुग्दा उलंघन गर्नेको संख्या पनि बढेको छ ।

    प्रहरीले पटकपटक माइकिङ गरेरै अत्यावश्यक बाहेक घरबाहिन ननिस्कन भनिरहँदा पनि उलंघन गर्नेको संख्यामा वृद्धि भइरहेको छ । सरकारको निर्णय र प्रहरीको आग्रहलाई अटेर गरेर घार बाहिर निस्किनेलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्