News Portal

  • भन्सार पुगेका सामान भित्र्याउन दिने निर्णय, विदेशमा पैसा पठाउनेदेखि अलपत्र परेका पर्यटकसम्म

    १८७ पटक

    काठमाडौं । सरकारले न्यूनतम आवागमनलाई खुला गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा गठन गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।

    कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा समेत गरेको छ । न्यूनतम आवागमन बन्द भए संकट आउन सक्ने सम्भावना रहेको भन्दै समितिले भारतको कोलकत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान मुलुक भित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय गरेको छ ।

    अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाका अनुसार विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउँदा पूर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय समेत गरेको छ ।

    समितिले कोलकोत्ता बाट नेपालको भन्सारमा विन्दुसम्म आएर अड्किएका सामानहरु आवश्यक कागज बनाई छुटाउनुको साथै ती सामानहरु उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई आह्वान गरेको छ ।

    त्यसैगरी समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तीय संस्थालाई आग्रह गर्नुको साथै एकैपटक भीडभाड हुने गरि बाहिर ननिस्कन र दुरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

    समितिले शुक्रबार सबै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि गरिएका प्रयासबारे पनि जानकारी लिएको छ ।

    • फाइल फोटो
    प्रतिकृया दिनुहोस्