News Portal

  • कैलालीमा कोरोना संक्रमित भेटिए, अब नेपालमा संक्रमितको संख्या ४ पुग्यो

    २०३ पटक

    धनगढी । कैलालीमा एकजनामा कोरोनाभाइरस संक्रमण भएको भेटिएको छ । दुबईबाट आएका एकजनामा कोरोना संक्रमण देखिएको हो ।

    धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षणको क्रममा उनी कोरोना संक्रमित भएको पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    ३४ बर्षीय संक्रमित व्यक्ति चैत्र ११ गते दुबईबाट आएका थिए । उनीसँगै अब नेपालमा संक्रमितको संख्या चार पुगेको छ । तीनजनाको काठमाडौँ परीक्षणको क्रममा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

    प्रतिकृया दिनुहोस्