News Portal

  • पत्रकार सम्मेलनमा सहभागी पत्रकारलाई कोरोना संक्रमण, मुख्यमन्त्री क्वारेन्टाइनमा

    २२६ पटक

    काठमाडौं । पत्रकार सम्मेलनमा सहभागी पत्रकारलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएको छ । यो घटना भारतको मध्य प्रदेशको हो ।
    मध्यप्रदेशका मुख्यमन्त्री कोमल नाथले पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी ती पत्रकार र उनका छोरीमा समेत संक्रमण देखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

    पत्रकार सम्मेलनमा सहभागी पत्रकारलाई नै कोरोना संक्रमित भएको पुष्टि भएसँगै निवर्तमान मुख्यमन्त्री कोमलनाथ क्वारेन्टाइनमा बसेको बताइएको छ । उक्त पत्रकार सम्मेलनमा करिब दुई सयभन्दा बढी पत्रकार सहभागी थिए ।

    ामपछिल्लो विवरणअनुसार भारतमा ५६२ जनामा कोरोना संक्रमण भएको छ भने१० जनाको मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्