News Portal

  • मफियाकरणविरुद्ध धनगढीमा अखिल क्रान्तिकारीको प्रदर्शन

    ३१० पटक

    धनगढी । अनेरास्ववियु (क्रान्तिकारी) शिक्षामा माफियाकरण मौलाइरहेको भन्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । उसले संविधानमा शिक्षालाई निःशूल्क भनेपनि बढ्दो व्यापारीकरण र माफियाकरणका कारण शिक्षामा असमानताको खाडल बढ्दै गएको र जनताको छोराछोरीको पहुँच नपुग्ने अवस्था सिर्जना भएको बताएको छ ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले धनगढीमा शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारिकरण र माफियाकरण रोक्न प्रदर्शन गरेको हो । विरोध प्रदर्शन कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंहले माफियाकरण रोक्न सरकारसँग माग समेत गरे । उनले सबै नागरिकका छोराछोरीले समान शिक्षा पाउनुपर्ने बताएका थिए ।

    “वर्तमान सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई निजीकरण गरिरहेको छ, यसलाई राष्ट्रियकरण गर्नको निम्ति संगठनले जस्तोसुकै मुल्य चुकाउन परे पनि तयार छौं र यो महाअभियानमा सहभागी हुन आग्रह गर्दछु” सिंहले भने ।

    प्रतिकृया दिनुहोस्