News Portal

एमसीसी र सूचना विधेयकको विरोधः ओली–प्रचण्ड र देउवाको पुत्ला दहन

२१७ पटक

धनगढी । एसीसी र सूचना प्रविधि विधेयकको विरोधमा डडेल्धुरामा प्रदर्शन गरिएको छ । एमसीसीले राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप गरेको र सूचना प्रविधि विधेयक नागरिकको मौलिक हकविरुद्ध भएको भन्दै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको पुतला दहन समेत गरेका थिए । उनीहरुले राष्ट्र र नागरिकमाथि खेलवाड गरेको भन्दै चर्का नारा समेत लगाएका थिए ।

एमसीसी र विधेयकलाई सदनबाट पास गराउन तीनै नेता लागिपरेको भन्दै प्रदर्शनकारीले उनीहरु विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका थिए । प्रदर्शनकारीले दुबैको खारेज गर्नुपर्ने माग गरेका थिए ।

स्थानीय युवाहरुले अगुवाई गरेको विरोध प्रदर्शनमा सरकारले आम नागरिकको स्वतन्त्रता र अधिकार कुण्ठित पार्ने काम भइरहेको र नेपालमा विदेशी सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसिसी अगाडि सारेको भन्दै मोटरसाइकल र्याली समेत निकालिएको थियो ।

एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसिसी आएको भन्दै खारेज हुनुपर्ने प्रर्दशनमा सहभागी युवा लाल विकले बताए।

‘भारतीय बिस्तारवाद मुर्दावाद, एमसिसी सम्झौता खारेज गर, सूचना विधेयक खारेज गर’ लगायका नारा लगाउँदै युवाहरूले सदरमुकाम बागबजार परिक्रमा गर्दै पुत्ला दहन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्