News Portal

  • चार बर्षीय बालिका बलात्कार गर्ने चौधरी पक्राउ 

    २४९ पटक

    सप्तरी । जिल्लामा नाबालिकालाई बलात्कार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरले रामभगत चौधरीलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो । पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ ।

    पीडित बालिकाकी दिदीका अनुसार चौधरीले ललाइफकाइ माघ ३ गते आफ्नो घरमा लगेर बलात्कार गरेका थिए । दिदीले भनेपछि घटना सार्वजनिक भएको थियो ।

    प्रतिकृया दिनुहोस्