News Portal

  • बर्नलेसँग म्यान्चेष्टर २-० ले पराजित 

    १७६ पटक

    काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड बर्नलेसँग पराजित भएको छ । समाचार एजेन्सीहरुका अनुसार गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २–० ले पराजित भयो ।

    म्यान्चेस्टर युनाइटेडको मैदानमा बर्न्लेलाई पहिलो जित दिलाउन क्रिस उड र जे रोड्रिगेजले एक–एक गोल गरे ।

    जितसँगै बर्नले ३० अंकसहित तालिकाको १३ औं स्थानमा उक्लिएको छ । युनाइटेड भने ३४ अंक सहित पाँचौं स्थानमा छ ।

    प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरले नरिच सिटीलाई २–१ ले हराउँदा लेष्टर सिटीले वेष्ट ह्याम युनाईटेडमाथि ४–१ को जित निकालेको छ ।

    गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २२ खेलबाट ६४ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।

    दुई खेल बढी खेलेको म्यान्चेस्टर सिटी ५१ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ४८ अंक छ ।

    प्रतिकृया दिनुहोस्