News Portal

  • चीनबाट फैलिएको कोरोनाभाइरस चार देशमा पुग्यो, नेपाल उच्च जोखिममा

    ४७३ पटक

    काठमाडौं । चीनमा देखिएको नयाँ रोग कोरोनाभाइरस चार देशमा पुगेको छ । अहिलेसम्म औषधि पत्ता नलागेको यो रोग पहिलो पटक देखा परेको यो भाइरसको संक्रमण अमेरिका,थाइल्याण्ड र दक्षिण कोरियामा पुगेको छ ।

    चीनको वुहान शहरको जंगली जनावरको अवैध कारोबार हुने सी फुड मार्केटबाट फैलिएको यो रोग वुहान शहरमा १५ चिकित्सकलाई समेत देखा परेको छ । अहिलेसम्म कोरोनाभाइरसका कारण ९ जनाको मृत्यु भैसकेको छ । ४ सय ४० जना संक्रमित भेटिएको सरकारी तथ्यांक छ र तर यो संख्या निकै बढी रहेको अनुमान गरिएको छ ।

    मानिससँगै एक अर्कामा संक्रमण हुने भएकोले यसले अझै ठूलो रुप लिने अनुमान गरिएको छ । दैनिक विभिन्न देशहरुमा चीनबाट सयौं नागरिक जाने र त्यसैगरी अन्य देशहरुबाट चीनमा पनि त्यसरी आउने भएकोले रोग विश्वभर फैलिन सक्ने अनुमान गरिएको छ ।

    अझ चीन–नेपाल छिमेकी देश भएकोले पनि दैनिक धेरै नागरिकहरु ओहोरदोहोर गरिरन्छन् । त्यसैले पनि नेपाल उच्च जोखिममा भएको चिकित्सकहरु बताउँछन् ।

    यसैबीच चीनले सरकारले कोरोनाभाइरस नियन्त्रण र रोकथाम निकै गंभिर अवस्थामा पुगेको जनाएको छ ।

    वुहान शहर नजान चीन सरकारले नागरिकलाई आग्रह गरेको छ । १ करोड १० लाख मानिस बसोबास गर्ने उक्त शहरका बासिन्दालाई भीडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न पनि अधिकारीहरुले सुुझाव दिएका छन् । संक्रमण फैलिएपछि पहिलो पटक सरकारी भनाइ सार्वजनिक भएको हो ।

    यसअघि जनावरबाट मानिसमा सर्ने भनिएको यो भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । यो नयाँ रोग वुहान शहरबाट अन्य शहरमा पनि फैलिएको छ ।

    प्रतिकृया दिनुहोस्