News Portal

  • साउदी अरबमा गैरकानुनी रुपमा बस्ने नेपाली घर फर्कन पाउने भए दुतावास धमाधम निवेदन सँकलन गर्दै

    ७०६ पटक

    काठमान्डौ,साउदी अरबमा गैर कानुनी रुपमा बस्दै आएका नेपाली कामदारले नेपाल फर्कने अवसर प्राप्त गर्ने भएका छन । साउदी अरवाको नेपाली दुतावासले यहि २०२० को जनवरी २४ बाट निवेदन सँकलन गर्ने बताएको छ । दुतावासले शुक्रबार १ वजे देखि ४ बजे सम्म दुतावास खुल्ला गर्ने समेत जानकारी दिएको छ ।
    साउदिको पूर्व क्षेत्रको जुबेलमा २३ जनवरी बाट होटल एभरेष्टमा वेलुकाको ६ वजेबाट ८ वजे सम्म ,दमाममा २४ जनवरी विहान ८ वजे देखी १२ वजे सम्म र दिउसो १ वजे देखि ३ वजे सम्म , सिको गार्डेन, अलाकासिम क्षेत्र बुरैदामा २४ जनवरी को विहान ११ वजेबाट ४ वजे सम्म ओनैजामा २५ जनवरी मा विहानको ११ वजे देखि २ वजे सम्म हपर अल वर्तिनमा ३१ जनवरी मा विहान ११ वजे देखि ४ बजे सम्म, हयालमा ३१ जनवरी मा विहानको ११ वजे बाट ४ र फेब्रेवरी १ मा ११ देखि २ वजे सम्म निवेदन सँकलन गर्ने भएको छ ।
    माथि उल्ले खित समय र मिति आफुलाई उपयुत्त नभएमा सिधै दतावासमा समेत निवेदन भर्न सकिने दुतावासले जनाएको छ ।
    यसरी निवेदन भरी सके पछि दुतावास कार्यलयले निवेदनलाई आवस्यक प्रक्रिया पुरा गरी कामदारलाई स्वदेश फर्कने वाताबरण मिलाईने दुतावासले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्