News Portal

एमसीसीको पक्षमा कम्युनिस्ट ज्यान फालेर लाग्नु खतरनाक अवस्थाः न्यौपाने

१९४ पटक

काठमाडौं । सत्तारुढ (नेकपा)का युवा नेता लेखनाथ न्यौपानेले एमसीसीको पक्षमा कम्युनिस्ट नै ज्यान फालेर लाग्नु डरलाग्दो खतरनाक अवस्था भएको बताएका छन् । उनले सामाजिक संजालमा आफ्नो धारणा राखेसँगै भइरहल भएको छ । सत्तारुढ पार्टीका युवा नेताहरुले एमसीसी बेठिक भएको भन्दै खारेज गर्नुपर्ने टिप्पणी लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसीको विषयमा बोल्दै उनले एमसीसीको पक्षमा कांग्रेसले बहस चलाउनु स्वभाविक भएपनि कम्युनिष्ट नै ज्यान फालेर लाग्नुले अवस्था खतरनाकपूर्ण बन्दै गएको बताएका छन् । उनले भनेका छन्, ‘कांग्रेसका ठूलादेखि सानासम्म र नाम चलेका युवा भनिएकादेखि बौद्धिकसम्मका मान्छेहरू खुलेरै एमसीसीमार्फत विदेशी सेना ल्याउने पक्षमा देखियो, यद्यपि कांग्रेसबाट राष्ट्रियताको संरक्षण नहुने बिषय बिगतका घटनाहरूले पुष्टि गरेकै थियो । तर कम्युनिस्टहरूले समेत एमसीसीको पक्षमा ज्यान फालेर वकालत गरेको सन्दर्भ निकै खतरनाक देखिन्छ ।’

यूवा नेता न्यौपानेले एमसीसी सैन्य रणनीति भएको प्रष्ट हुँदाहुँदै पनि नेकपाकै नेताहरुले झुट प्रचार गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले नेकपा सच्चिन नसके देश नै नरहने स्थिति पनि पैदा हुँदै गएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘स्वयं अनुदान दिने पक्षले सैन्य रणनीति अन्तर्गत एमसीसी हो भनेर औपचारिक रूपमा बोलिसक्दासमेत एमसीसी सैन्य रणनीतिअन्तर्गत होइन भनेर तर्क गर्नुको अर्थ, हामी कसका प्रतिनिधि भएर नेपाललाई बर्बाद पार्दै छौं भन्ने बिषय प्रष्ट हुँदैन र ? यदि हामी सच्चिएनौं र एमसीसी रोकेनौं अथवा श्रीलंकाले झै यो परियोजना फिर्ता पठाएनौं भने अमेरिकी सेना नेपालमा क्याम्प बनाएर बस्ने निश्चित देखियो । देशै नरहे विकास र सम्बृद्धि कसका लागि ?’

प्रतिकृया दिनुहोस्