News Portal

  • ज्यामिरे भञ्याङ दुर्घटना अपडेटः मृतकको संख्या ७ पुग्यो, ३२ जना घाइते, मृतकको नामसहित

    २२३ पटक

    काठमाडौँ । धादिङमा भएको मिनी ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । धादिङको नीलकण्ठ नगरपालिका–८, ज्यामिरे भञ्याङमा भएको दुर्घटनामा अन्य ३२ जना घाइते भएका छन् ।

    मंगलबार ज्वालामुखी गाउँपालिका–४, ढोलामण्डलीको दर्शन गरेर फर्कंदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक मंगलबार दिउँसो दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी नीलकण्ठ नगरपालिका–२ भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, बिदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ, ध्वजबहादुर गुरुङ रहेका छन् ।

    प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै र ४ जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका ३२ जनामध्ये १० जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाडौंको ट्रमा सेन्टर ल्याएर उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्