News Portal

  • चिनमा मानिसबाट मानिसमा नै सर्न थाले पछि कोरोना भाइरसको उच्च सर्तकता अपनाउदै नेपाल प्रकोप विस्वव्यापि हुने खतरा

    ६७८ पटक

    चिनमा मानिसबाट मानिसमा नै सर्न थाले पछि कोरोना भाइरसको उच्च सर्तकता अपनाउदै नेपाल प्रकोप विस्वव्यापि हुने खतरा

    माघ ७
    काठमान्डौ,चीन बाट फैलिएको कोरोना भाईरसको प्रकोप मानिसबाट मानिसमै सर्न थाले पछि प्रकोप विस्व व्यापी हुने खतरा बढेको छ । चीनको राष्ट्रिय स्वस्थ्य आयोगले कोरोना भाईरस मानिसबाट मानिसमै सर्ने प्रमाणीत गरेको हो ।
    कोरोना भाईरसका कारण हाल सम्म तिन जनाको मृत्यू भई सकेको छ । कोरोना भाईरसको प्रकोप चिनबाट सुरु भएको हो । चीनको बेइजिङ,रसन्जेनमा यो रोगको प्रकोप फैलि सकेको छ । चीन बाट जापान, थाईल्यानड हुदै दक्षिण कोरियामा समेत यो रोग फैलि सकेको छ ।
    चीनीया पर्टक नेपालमा बढि आवतजावत गर्ने भएकाले रोग नेपालमा पनि नफैलियोस भन्नकालागि नेपालमा समेत सर्तकता अपनाउन थालीएको छ । नेपालले भ्रमण बर्ष २०२० मनाई रहेकाले छिमेकि देश चिन लगायत अन्य तेस्रो मुलुकका पर्याटक नेपाल घुम्न आउदा भाईरसको प्रकोप नेपालमा भित्रीने उच्च जोखिम रहेको छ । चिनबाट मात्र बैध र अवैध गरी नेपाल आउने नौ वटा नाका रहेका छन ।
    नेपालमा समेत कोरोना भाईरस भित्रने खतरा छ भन्दै क्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भएको सहयोग कक्षमा कर्मचारी थपिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । विमान स्थलको सहयोग कक्षमा एमडी डाक्टर सहितको ६ जनाको स्वास्थ्यकर्मीहरुको टोलि थप गरीएको छ ।
    टोलीले विमान स्थलमा आउने पर्याटकको टिपोट राख्ने र कुनै प्रकृतिको रोग भए नभएको पहिचान गर्ने महाशाखाले जनाएको छ । पर्याटकलाई स्वास प्रस्वास,रुघाखोकि जस्ता समस्या देखिए विरामीको अवस्था हेरी उपचारका लागि तत्काल पठाईने र नेपालका अन्य खुल्ला नाकामा समेत कोरोना भाईरसको बारेमा सचेतना कार्य क्रम गरीने महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्