News Portal

  • मस्र्याङ्दी  स्यूचाटार विद्युत प्रसारण लाइनको टावर धराप काठमान्डौ अन्धकार बन्ने खतरा

    २८६ पटक

    काठमान्डौ,होटल व्यावसायी पर्शुराम घिमिरेको पृथ्वी राजमार्ग सँग जोडीएको चितवन इच्छाकामना गाउपालीका ५ स्थित मनकामना केवलकार जाने बाटैमा रहेको उनको घडेरी सम्मयाउने क्रममा माथि बाट पहिरो खसे पछि मस्र्याङ्दी स्यूचाटार विद्युत प्रसारण लाइनको टावर धराप भएको छ । टावर धराप भए सगै काठमान्डौ प्रसाण लाईनमा समेत असर पुग्ने देखिएको छ । मस्र्याङदी नदि बेसमा निर्माण भएका जलविद्युत आयोजनाको करिब सय मेगावाट विद्युत मस्र्याङदी स्यूचाटार प्रसारण लाइनबाट काठमान्डौ विद्युत आइ रहेको छ ।
    मस्र्याङदी स्यूचाटार १३२ के भि प्रसारण लाइनको २०५ नम्बरको टावर पहिरोको उच्च जोखिममा रहेको छ ।
    टावर धरराप भए सगै काठमान्डौमा आवस्यक विद्युत अभाव हुने र पूर्ति गर्न नसकिन र नेपाल बिद्युत प्राधिकरणले बाध्य भएर लोडसेडिङ गर्नु पर्ने बाध्यता आउने छ । भने उत्पादीत बिद्युत खेर जाने जोखम उच्च रहेको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले भने घिमिरेलाई यस अघिनै गएको बर्षको पुसमा टावर धराप हुने भएकाले सुरक्षाको लागि आवस्यक पूर्व तयारीका साथ काम गर्न सुझाव दिएको थियो ।
    मिमिरेले भने सुरक्षयाको लागि कुनै काम नगरी घडेरी सम्याउने काम अगि बढाएकोले समस्या आएको हुदा यस बाट उत्पनन हुने क्षतिको जिम्मेवारी स्वयमले लिनु पर्ने भन्दै प्राधीकरणले मगलबानै पत्र पठाई सकेको छ ।
    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङाबाट काठमान्डौ आउने क्रममा टावरको निरीक्ष गर्नु हुदै टावर ढल्ने उच्च जोखिममा रहेको र सुरक्षाको उपाय नअपनाई खन्ने कार्य समेत बन्द गर्न समेत निर्देशन दिएका छन । निर्देशक घिसिङले होटल सञ्चालक घिमिरेलाई जथाभाबि खनिएकाले सुरक्षा पर्खाल लगाउदा पनि पहिरो नरोकिने भएकाले टावर ढलेमा यसबाट हुने क्षत्ति र टावर सार्दा लाग्ने सम्पुण खर्च समेत निजको हुने जानकारी दिएका छन ।

    प्रतिकृया दिनुहोस्