News Portal

  • दामनमा पर्यटक मृत्युः ग्याँस हिटरले लियो ८ जना भारतीयको मृत्यु 

    ४५१ पटक

    काठमाडौं । दामन घुम्न आएका  ८ जना पर्यटकको मृत्यु भएको छ । भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार दामनको एभरेस्ट पानोरामा रिसोर्टमा बास बसेका ८ जना भारतीय नागरिकहरु मंगलबार विहान अचेत अवस्थामा भेटिएका थिए । उनीहरु सोमबार साँझ दामन पुगेका थिए । अचेत अवस्थामा भेटिएका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । तर सबैलाई मृत घोषणा गरेको थियो ।

    जोड बढेको भन्दै उनीहरुले ग्याँस हिटर मागेका थिए । चारमध्ये एउटा कोठामा रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर लगेका थिए । रेष्टुरेण्टका कामदारले नलैजान भनेको तर उनीहरुले बच्चालाई चिसो बढेको भन्दै हिरटर लगेर गएको बताइएको छ ।

    रेष्टुरेन्ट स्रोतका अनुसार दुई परिवारका ८ सदस्य एउट कोठामा सुतेका थिए ।  बिहान ८ बजेतिर अर्को कोठामा सुतेका साथीहरुले ढोका ढकढक गरेका थिए । तर  कोही नउठेपछि उनीहरुले खबर गरेका थिए ।  ढोका तोडेर भित्र पस्दा ८ जना नै अचेत अवस्थामा थिए । उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

    होटल ब्यवस्थापनले कोठाका झ्याल-ढोका बन्द गरी उनीहरु सुतेकोले अक्सिजनाको अभाव भई अचेत भएको अनुमान गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृत्यु हुनेको नाम सार्वजनिक गरेको छ । मृत्यु हुनेमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् ।

    मृत्यु हुनेको नाम 

    १. रञ्जित कप, वर्ष ३८

    २. इन्द्रऽ, वर्ष ३४

    ३. प्रविन, वर्ष ३७

    ४. सरिया, वर्ष ३२

    ५. अभी, वर्ष ५

    ६. अर्चना, वर्ष ७

    ७ वैष्णव, वर्ष ५

    ८.  बन्द्रा, वर्ष ९

    प्रतिकृया दिनुहोस्