News Portal

  • क्रान्तिकारी पत्रकारको सूचना विभागमा धर्ना, श्रमजीवि बिबरण नबुझाउने मिडियाको नाम सार्वजनिक गर्न माग

    २६६ पटक

    काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालले सूचना तथा प्रसारण विभागमा एकघण्टा धर्ना दिएको छ । लामो समयदेखि सञ्चार गृहले न्यूनतम पारिश्रमिक लागु नगरेर पत्रकारहरुले प्रेस पास नपाएको भन्दै संगठनले धर्ना दिएको हो ।

    संगठनका उपाध्यक्ष जैसी र महासचिव बाबुराम भुसालको अगुवाईमा पत्रकारहरुले न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्नुपर्ने, दरबन्दी नबुझाउने संचारगृहको नाम सार्वजनिक गर्न माग समेत गरेका थिए ।

    धर्नाको क्रममा पत्रकारहरुले सरकारले तोकेको पारिश्रमिक उपलब्ध नगराउने सञचारमाध्यमलाई नियमानुसार कार्वाही गर्न गर, श्रमजीवी पत्रकार ऐन तुरुन्त कार्यान्वयन गर भन्दै नाराबाजी समेत गरेका थिए ।

    धर्नामा एक्येवद्धता जनाउँदै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले श्रमजीवी पत्रकारहरुको श्रमको मुल्य नदिने संचार गृहलाई सुचना तथा प्रसारण विभागले कारबाही गर्नुपर्ने बताए । अन्य क्षेत्रमा राज्यले न्युनतम पारिश्रमिक लागु गर्न पहल लिएपनि श्रमजीवी पत्रकार एैन लागु गर्ने सवालमा भने राज्य नै अनुदार देखिएको बताए ।

    धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका उपाध्यक्ष जन्मदेव जैशीले सूचना प्रसारण विभागले संचारगृहलाई न्युनतम पारिश्रमिक लागु गराउन भूमिका खेल्न ताकेता गर्नु पर्नेमा कुनै अहिलेसम्म कुनैपनि पहल नगरेकोले भन्दै चिन्ता व्यक्त गरे । उनले तत्काल श्रमजीवी ऐन लागु नगर्ने मिडियालाई कारबाही गनुपर्ने बताए । ठूलो संचार गृहहरुले दरबन्दी नबुझाएका कारण पत्रकारहरुले प्रेस पासबाट बञ्चित भएकोले विरोधका कार्यक्रम सुरु गरेको क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।

    त्यस्तै कार्यक्रम संचालक महासचिव बाबुराम भुसालले पनि न्युनतम पारिश्रमिक लागु गर्न सुचना तथा प्रसारण विभागले दबाब नदिए क्रान्तिकारी पत्रकार संगठन, नेपाल तालाबन्दीसहितका कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनी दिए । यसअघि पनि ध्यानाकर्ष गराइएको तर माग पूरा नभएपछि धर्ना नै दिनु परेको महासचिव भुसालले बताए । उनले दरबन्दी नबुझाउने संचारगृहको सूची आफूहरुले पनि तयार पारेको बताए

    प्रतिकृया दिनुहोस्