News Portal

  • गुणराज लोहनी गिरफ्तार, क्रान्तिकारी पत्रकार संगठनले निकाल्यो यस्तो विज्ञप्ति

    ६५४ पटक

    काठमाडौं । लेखक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई प्रहरीले चितवनबाट गिरफ्तार गरेको छ । सोमबार बाटोमा हिडिरहेका बेला उनलाई अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको पत्नी सरला रेग्मीले सामाजिक संजालमा लेखेकी छन् ।

    लोहनीलाई सोमबार वेलुकीतिर चितवनबाट प्रहरीले गिरफ्तार गरको हो । रेग्मीका अनुसार बाटोमा हिडिरहको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो । लोहनीलाई जिल्ला प्रहरी कार्यालय चितवनमै राखिएको छ ।

    स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि लोहनीले राजनीतिबाट बिदा लिएका थिए । हाल उनले राष्ट्रिय जागरण मंच गठन गरेका छन् । लोहनी यसपहिला विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य थिए । यसअघि पनि गत असोजमा चितवन प्रहरीले गिरफ्तार गरेको थियो । त्यसबखत पनि उनी १३ दिन हिरासतमा बसेका थिए ।

    लोहनीको गिरफ्तारीको विरोध गर्दै क्रान्तिकारी पत्रकार संगठन नेपालले विज्ञप्ति निकालेको छ । लेखक समेत रहेका लोहनीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

    संगठनका अध्यक्ष डिल्लीराज रावत र महासचिव बाबुराम भुसालले विज्ञप्ति जारी गरेर पत्रकार तथा बरिष्ठ  लेखक समेत रहेका लोहनीलाई विना कारण गिरफ्तार गरिएको बताएका छन् ।

     

    प्रतिकृया दिनुहोस्