News Portal

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आज अन्तिम दिन, यस्तो छ शिर्ष स्थानको लागि भिडन्त

    ३०० पटक

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौं चरणको आज अन्तिम दिन । सातौं चरणको अन्तिम दिन आज शिर्ष स्थानको लागि ब्रिगेड ब्वाइज क्लबले संकटाबीच र त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

    आजको खेल जितेको खण्डमा आर्मी क्लबले अंक तालिकाको शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाउनेछ । आर्मी क्लबले ६ खेलबाट १३ अंक जोडेको छ ।

    एक खेल बढी खेलेको मच्छिन्द्र क्लब समान १३ अंकको साथ गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको मनाङ मस्र्याग्दी क्लबको पनि १३ अंक नैं छ ।

    लिगअन्तर्गत आइतबार भएका खेलहरुमा फ्रेन्ड्स क्लब र न्यूरोड टिम एनआरटी विजयी भएका छन् ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले सरस्वती युथ क्लबमाथि ४/१ को फराकिलो जित निकाल्दा एनआरटीले सशस्त्र प्रहरीको एपीएफ टिमलाई ३/२ ले पराजित गर्‍यो ।

    प्रतिकृया दिनुहोस्