News Portal

  • यमनको सैन्य शिविरमा मिसाइल आक्रमण, ९० सैनिकको मृत्यु

    १९९ पटक

    काठमाडौं । यमनको एक सैनय शिविरमा मिसाइल आक्रमण भएको छ । राजधानी  सानाबाट पूर्वमा पर्ने एक सरकारी सैनिक शिविरमा मिसाइल आक्रमण हुँदा ९० जना सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्  ।

    आक्रमणमा परी दर्जनौं सैनिक घाइते भएका छन् । यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेको बेला मिसाइल प्रहार भएको हो ।

    आक्रमणको जिम्मा कसैले लिएको छैन । यसअघि पनि हुथी बिद्रोहीले यमनको दक्षिणी शहर अदनमा भइरहेको सैन्य परेडमा मिसाइल हमला गर्दा ३२ जना सैन्य जवानको मृत्यु भएको थियो । यो घटना पनि हुथी विद्रोहीले बताइएको छ ।

    यमनको पश्चिमी क्षेत्र पूरै कब्जामा लिएको हुथी विद्रोहीले पछिल्लो समय मिसाइल हमलालाई तिब्रता दिँदै आएको छ ।

    आक्रमणमा परी घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    यसैबीच यमनका राष्ट्रपति अब्द्रबुबु मन्सुर हादीले घटनाको भत्सर्ना गरेका छन् ।

    प्रतिकृया दिनुहोस्