News Portal

  • भीम रावल भन्छन्- प्रधानमन्त्रीले बालुवाटारबाट देशभर पार्टीमा गुटबन्दी गर्नुभो

    ७६९ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले दुई अध्यक्षको पार्टी निजि भएको हो र भन्ने प्रश्न गरेका छन् । प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान मिचेको आरोप लगाएका छन् । “पार्टी के एक दुईजनाको नीजि हो ?” रावलले प्रश्न गरे ।

    एक अन्तरवार्ताको क्रममा नेता रावलले प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यादा मिचेर भारतीय मन्त्री सुश्मा स्वराजलाई सोल्टी होटलमा भेटेको, ‘होली वाइन’ काण्ड मच्चाएको, देशको विरुद्ध बोल्ने सीके राउतको भब्य समारोहबीच भित्र्याएको लगायतका कार्यहरु पार्टीको नीति विपरित रहेको रावलको भनाइ छ ।
    प्रधानमन्त्रीले बालुवाटरमा विभिन्न व्यसायीलाई भेट्ने गरेको तर आफूलाई भेट्न समय नै नदिएको बताए । उनले बालुवाटारबाट देशव्यापी गुटबन्द गरेको आरोप समेत लगाए ।

    त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो मर्यादामा नबसेको बताउँदै संवैधानिक राष्ट्रपति भएको बुझ्न सुझाव दिएका छन् ।

    आफूलाई सुरक्षाकर्मी पठाएको प्रधानमन्त्री केपी ओली र उनका सल्लाहकारले निर्णय गरेर नपठाएको नेता रावलले बताए । उनले राज्यले कस्ता व्यक्तिको सुरक्षाको लागि सुरक्षाकर्मी खटाएको छ भन्ने कुरा आफूलाई जानकारी भएको बताए ।

    एक अर्को प्रसंगमा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले आफ्ना विरुद्ध प्रबक्ता र सल्लाकारलाई खटाएको आरोप समेत लगाए । उनले आफूले विधि विचेकोले विरोध गरेको बताए । उनले अध्यक्ष ओलीका धेरै कमजोरीहरुका कारण पार्टीलाई क्षति पुगेको पनि बताए ।

    प्रतिकृया दिनुहोस्