
१. अमेरिका एमसीसी र चीन बिआराई योजना लिएर अगाडी बढिरहेका छ्न।यी दुनै बिश्वब्यापी रणनैतिक योजना हुन र दुबै योजनामा बिश्व महाशक्ती बन्ने अभिलाषा छ।
२.भारत भन्ने देश न एमसीसी ,न बिआराआई कतै पनि स्पष्ट लागिसकेको छैन।उ बिश्वको छुट्टै महाशक्त्ती बन्न नसक्ने स्थितिमा निकट भबिष्यमै कतै न कतै लागिहान्ने छ।चाइना र अमेरिका दुबैले भारतलाई आफ्नो कित्तामा ल्याउन भरमग्दुर प्रयासमा छन।रुस र भारतको साझेदारीमा अर्को बिश्व शक्तीकेन्द्र पनि बन्न सक्छ, स्वाभाविक रुपमा यसो भएमा उक्त शक्तिकेन्द्र चीन प्रती नरम र अमेरिका प्रती अलि गरम होला ।यदी भारत अमेरिकी खेमामा गयोभने यो घटनाले रुस र चिनलाई नजिक बनाउने छन।
नेपालको अबस्था कस्तो होला ?
१. आर्थिक र राजनैतिक रूपमा निरीह भएपनी नेपालको अबस्थिती बिश्वको महत्त्वपूर्ण रणनैतिक बिन्दुमा छ । त्यसैले यो भूमीप्रति शक्तिशाली राष्ट्रहरुको ध्यान गएको छ । नेपालको आफ्नै भूमीका गौण भएपनि हरेक शक्तिशाली राष्ट्र नेपालमा बेस बनाएर आफ्नो बिश्व प्रभाव जनाउन चाहन्छ । हाम्रो छिमेकी राष्ट्र भारतको पक्षधरताले नयाँ बिश्व परिस्थितिको निर्माण पनि गर्न सक्छ।
२. नेपालले अहिले निकै अवसरवादी र दोकला नीति अबलम्बन गरिरहेको छ । उसले एकातिर बिआरआईमा सम्झौता गरिसकेको छ भने एमसीसीलाई पनि संसदीय अनुमोदनमा लादैछ।नेपालका राजनैतिक नेतृत्वहरु द्रब्यलोभी र नैतिक धरातल कमजोर भएका कुरा बिदेशीले पनि राम्रै सँग बुझेका छन।नेपाल अहिले बिआराई भन्दा पनि एमसीसी तर्फ नै बढ्ता लहसिएको देखिन्छ।आम जनता ,बुद्धिजीवीहरुले जतिसुकै एसीसी घातक छ भनेर प्रचार गरेपनी सरकार टसकोमस छैन।झन यस्लाई प्रतिपक्ष दल कांग्रेस ,राप्रपा र मधेसी दलको समेत समर्थन प्राप्त भए बाट नेपालका राजनैतिक पार्टीहरु कतिसम्म दलाली र बिदेशीको प्रभावमा छन भन्ने कुरो आकलन गर्न सकोन्छ।
३. नेपालमा के हुन्छ भन्नेकुरो भारतको सहभागिताको धेरै नै प्रभाव हुन्छ।नेपाल अमेरिकी खेमामा गयो तर भारत बिआराई मार्फत चीन खेमा वा रुसको नजिक भयोभने नेपालको अस्तित्व नै धाराप पर्नसक्छ।बिशेशगरि चिनको मौन समर्थनकै आडमा भारत द्वारा नेपालको अस्तित्व माथी धावा बोल्ने सम्भावना टड्कारो छ । जतिखेर भारतले सिक्किमलाई लियो र भुटानलाई आफ्नो सुरक्षा छाता भित्र राख्यो, त्यतिखेर चीन मौन बस्यो र नेपालको परिप्रेक्ष्यमा पनि उ मौन बस्न सक्छ । नेपाली हिमालहरु मिसाइलको आक्रमण बाट ध्वस्त हुन सक्छन।भारतलाई अगाडी नसारिकन चीन आफैले अमेरिकी क्याम्पहरुमा आक्रमण गर्न सक्छ। चिनको निम्ति तिब्बत अन्योन्याश्रीत बिषय हो भने तिब्बतलाई अलग गर्नु अमेरिकी नीति हो।यी दुई नितीको सिधै टकराव पनि हुनसक्छ । यस्तो भएन र ?भारतनै आक्रमणमा आयोभने पनि त्यतिखेर अमेरिकाले नेपालको रक्षा गर्न सक्दैन ।भारत,चिन र रुस समेतको दोहोरो/ तेहोरो आक्रमणको सामाना गर्न नसकेर अमेरिका यहाँ बाट भाग्नेछ।
भारत र नेपाल दुबै बिआरआई तर्फनै लागेभने अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको निम्ति पनि नेपालको अस्तित्व अपरिहार्य हुन्छ । अमेरिकी आक्रमणको सामाना भारत र चीन दुबै मिलेर गर्नेछन् । यदी कोही बलियो नेतृत्व नेपालले पायोभने नेपालले बिश्व रंगमञ्चमा आफ्नो भूमिका स्थापित पनि गर्न सक्ला !
नेपाल बिआरआईतर्फ गयो भारत एमसीसी वा अमेरिकी खेमामा गयोभने पनि नेपाल रणमैदान नै बन्छ, तर चीन नेपालको निम्ति ओर्लिन्छ । एउटा ठूलो ध्वंस पछी नयाँ नेपाल जन्मन सक्ने सम्भावना पनि रहन्छ।
भारत र नेपाल दुबै अमेरिकी खेमामा गएभने चीन र रुसको साझेदारीमा नयाँ विश्व केन्द्र निर्माण हुन्छ । यदी टकरावको स्थिती आयोभने नेपाल र भारत दुबै धुवा- धुवा हुनेछन् र दुइवटैको अस्तित्व रहनेछैन। जसले जित्छ उसैले कब्जा गर्नेछ।
त्यसैले अहिलेको समयमा नेपाल बाट एमसीसी खारेजी र भारत पनि बिआराई परियोजनाको हिस्सा हुन सक्योभने नयाँ र सकारात्मक बिश्व परिस्थितीको निर्माण हुनेथियो, नत्र एक न एक दिन हुने सर्बनाश नै हो। यी कुराहरू कयौलाई हावादारी पनि लाग्नसक्छ ,तर युद्ध र शान्ती ब्रह्माण्डको नियम हो, हरेक बिषयको एउटा सिमा हुन्छ ,बिश्व आधिपत्य बन्ने पुजीवादी सिमा क्रस हुनै आँटेको छ, नेपालले बुद्धीमत्तापुर्बक आफ्नो अस्तित्वको रक्षा गरोस।सबैलाई चेतना भया।
