News Portal

  • प्रदेश एकमा थपिदै चार राज्य मन्त्री

    २५६ पटक

    काठमान्डौ ,प्रदेश एक सरकारले आईतबार प्रदेश सरकारमा दिउँसो ३ बजे ४ राज्यमन्त्री थप्ने तयारी गरेको छ । बिस्तारीत मन्त्रीमण्ड सगै प्रदेश एक को मन्त्रीमण्डल ९ सदस्यीय हुने भएको छ । मन्त्रीमण्डल बिस्तार गर्दा पूर्व एमालेका तिन र पूर्व माओवादीकेन्द्र बाट एक गरी चार जना राज्यमन्त्री बनाउने अन्तीम तयारीमा लागेको प्रदेश सरकारको मुख्यकार्यलय श्रोतले जानकारी दिएको छ । जसमा ओखलढुंगाका पूर्व एमालेका अम्बिरबाबु गुरुङ, उद्योग वन तथा वातावरण राज्यमन्त्री झापाबाट, जसमाया गजमेर, कृषि राज्यमन्त्री इलामबाट, राम रानामगर छन भने पूर्व माओवादीबाट मोरङका विजय विश्वास सामाजिक विकास राज्यमन्त्री बन्ने भएका छन । सरकार गठन भएको दुई वर्ष पछि मूख्यमन्त्री शेरधन राईले बल्ल मन्त्रीमण्डल बिस्तार गर्न भ्यएका हुन । प्रदेश सरकारले दिउँसो ३ बजे पछि राज्यमन्त्री थप गरेर मन्त्रीमण्डल बिस्तार गर्ने अन्तीम तयारी गरेको छ । प्रदेश एक मुख्यमन्त्री कार्यलयको अनुसार आइतबार दिउँसो ३ बजे नै नव नियुत्त राज्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम राखिएको जनाएको छ । भने दुई जना को नाम भने पछि थप गर्ने गरी निर्णय गरीएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्