News Portal

  • सिन्धुपाल्लक अस्त व्यस्त

    १३७ पटक

    काठमान्डौ, सिन्धपाल्चोक जिल्ला प्रशासान कार्यालयले सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएपछि सिन्धुपाल्लचोक अस्त व्यस्त बनेको हो ।
    अराजक गतिविधी नहोस भनेर नियन्त्रणकालागी जिल्ला प्रसासनले निषेधाज्ञा समेत जारि गरेको छ ।
    जिल्ला प्रशासान कार्यालय सिन्धुपाल्चोकले जिल्लाको बाह्रविसे नगरपालिकाका केही स्थानमा आइतबारका लागि निषेधाज्ञा जारी गरेको छ । शुक्रबार जिल्ला प्रसासन कार्यलयले बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण भएका घर टहराहरु भत्काए दिए पछि स्थानीयहरु विरोधमा उत्रिएका हुन ।
    विरोधकाक्रममा स्थानीयहरुले शनिबार बजार क्षेत्रमा नारा जुलुस गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्ने र गमला समेत तोडफोड गरेपछि जिल्ला प्रसासनको आदेशमा निषेधाज्ञा आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
    सिन्धुपाल्लचोक जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३क) अनुसार निषेधाज्ञा आदेश जारी गरेको बताएको छ ।
    निषेधाज्ञा आदेशअनुसार पूर्वमा बाह्रविसे बजारको ३ सय मिटर पूर्व, पश्चिमा भोटेकोशी खोलाको पुल राम्चे, उत्तरमा ईलाका प्रहरी कार्यालय, बाह्रविसे न.पा. ४, दक्षिणमा बाह्रविसे बजारको पिस्कर र क्षमादेवी जानेबाटोबाट सुनकोशी चोक सम्मको ठाउमा आइतबार विहान ८ बजे देखि बेलुका ५ बजे अर्को आदेश नभएसम्मका लागि माथि उल्लेखित चार किल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला,जुलु आम सभा ,कार्यमा जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्