News Portal

भोजपुरमा ‘नो एमसीसी’ अभियान, दुईजना गिरफ्तार

३८९ पटक

काठमाडौँ । मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) राष्ट्रहित विरुद्धमा भएको भन्दै देशभर विरोध भइरहेको छ । अमेरिकाले नेपाललाई युद्धस्थल बनाउने उद्देश्यले एमसीसी सम्झौता गरेको सरोकारवालाहरुले बताइरहेका छन् ।

यो सम्झौताको विरोध स्वतःस्फूर्त रुपमा हरेक नागरिकले विरोध गरिरहेका छन् । यसै क्रममा भोजपुरका स्थानीयले ‘नो एमसीसी’ अभियान सुरु गरेका छन् । उनीहरुले ‘नो एमसीसी’ लेखेर चोकचोकमा उत्रिएका छन् ।

प्रहरीले विरोध गर्नेहरुमाथि धरपक समेत गरेको छ । ‘नो एमसीसी’ र त्यसको तल विरोध गर्ने व्यक्तिको नाम लेखेर चोकचोकमा स्थानीय उत्रेका छन् । उनीहरुमाथि धरपकड तथा गिरफ्तारी बढाएको छ ।

विहीबार भोजपुरको नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङले एमसीसीको विरोध गरेको भन्दै गिरफ्तार गर्न पुग्यो । तर, स्थानीयले प्रतिवाद गरेपछि प्रहरी खाली हात फर्कियो ।

प्रहरी राति उनीहरुको घरमा पुगेर गिरफ्तार गर्यो । राति घरमा सुतिरहेको अवस्थामा प्रहरीले तीनैजनालाई गिरफ्तार गरेको हो । उनीहरुले एमसीसीको विरोध गरेको कारण पक्राउ गरिएको प्रहरीले बताएको छ ।

शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीयले ‘नो एमसीसी’लाई जिल्लाभरी अभियानात्मक रुपमा विरोध प्रदर्शन गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्