News Portal

  • ७७ सालमा विवाहको लगन १५ दिन , दशै तिहार एकै महिना

    ३३३ पटक

    काठमान्डौ । नया बर्ष २०७७ सालको नया पात्रो बजारमा आएको छ । पात्रो आए सगै यो बर्षमा १५ दिन मात्र विबाहको लगन रहेको छ । असोजमा एक महिना मलमास परेकाले २०७७ सालको नेपालीको महान चाड दशै र तिहार गत सालको भन्दा झन्डै एक महिना पर रहेको छ ।
    नया पात्रोका अनुसार यो सालको भन्दा १५ दिन विवाहको लगन कम देखिएको छ । भने ब्रतबन्धको साईत पाच दिन मात्र रहेको छ ।
    पञ्चाङग निर्णायक समितिको निणय अनुसार २०७७ सालको घटस्थापना कात्तिकमा अर्थात १ गते र तिहारको टिका पनि मङसिर १ गते नै परेको छ ।

    पात्रोअनुसार कात्तिक ७ गते फुलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी, १० गते विजय दशमी रहेको छ ।

    कार्तिक २८ बाट कागतिहार २९ गते कुकुर तिहार र लक्ष्मी एक्कै दिन परेको छ । ३० गते गोवद्र्धन र म्हः पूजा तथा मंसिर १ गते भाइटीका परेको छ ।

    प्रतिकृया दिनुहोस्