News Portal

  • बीएण्डसी मेलिकल कलेजका संचालक प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

    २१६ पटक

    काठमाडौँ । कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बीएण्डसी मेडिकल संचालक समेत रहेका प्रसाईविरुद्ध जिल्ला अदालत भक्तपुरले पक्राउ गर्न अनुमति दिएको हो ।

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार अदालतले गिरीलाई पक्राउ गर्न अनुमति दिएको छ ।

    गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मालगेको भन्दै प्रसाईले पत्रकार सम्मेलन गरेका थिए । उपाध्यक्ष गिरीले आफूले कुनै घुस नमागेको बताउँदै आएका थिए । गिरीले जिल्ला अदालत काठमाडौँमा पनि प्रसाईविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् ।

    अदालतको अनुमति लगत्तै प्रहरी प्रसाई निवास पुगेको थियो तर उनी नभेटिएको भक्तपुर प्रहरीले बताएको छ ।

    प्रसाईले पुस २३ मा पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए ।

    लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्