News Portal

  • एमसीसीले संसदमा निम्त्याएको महाविपत्ती र नागरिकको दायित्व

    लक्ष्मण बम 'पलाती कान्छो'
    ७६० पटक

    आज सामिजिक संजाल देखि चोक ,गल्ली  ,धारा पधेरामा  नेता देखि जनता सम्मले हल्लिखल्लि गरिरहेको देख्दा म अचम्मित भएक‍ छु । के हो त एम सि सि ? संसदमा बिपत आएकै हो त ? कि  केहि कुराक‍ो प्रस्ताव हो ? नम्बर (१)धारा ३ को दफा ३-२ (च) – सम्पूर्ण बौद्धिक सम्पतिमा अमेरिकाको  पुर्ण अधिकार हुनेछ । नम्बर (२)धारा ३ को दफा ३ (८ ) क – परियोजना को लेखा परिक्षण अमेरिकी कम्पनीले मात्र गर्न सक्नेछ । नम्बर (३) धारा ५ को क र ख – अमेरिकी कम्पनी ले चाहेमा यो  सम्झौता रद्ध गर्ने  छ । नम्बर (४) धारा ७ को दफा ७ को (क )- प्रस्तुत सम्झौता लागु भएपछि प्रस्तुत सम्झौतामा उल्लेखित नेपाली राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ । नम्बर (५)अनुसुचि १ (ग) को २ –  यश परियोजनामा नेपाल सरकारले राज्यका कुनैपनि निकाएलाई खटाउदा एम सिसिको अनुमति लिनु पर्नेछ । नम्बर (६)  अनुससचि (४) क – नेपाल सरकारले एमसिसिलाई चित्त बुझ्ने योजना तयार पारि पठाउनु पर्नेछ र त्यस्तो योजना इन्डियाले सम्रर्थन गरेको हुनुपर्नेछ । यो के हो ? सबैलाई पढ्न त आँउछ होला हैन त कि कसो ? साच्चै मेरो आफ्नै मात्र बुझाईले आक्रोस हैन दया लागेर आएको छ ।

    मलाई त संसदमा यो चट्टिकला देख्दा र सहभागी अग्रजहरुको हारगुवार पोखिएको देख्दा बिपतनै अाइरहेको छ हामी सबैले उद्धारमा जुट्न तयार हुनुपर्छ ।
    जो कोहिले सहजै बुझ्न सक्छ र वकालत गर्छ संसद भबन नेपाल र नेपालीको भबिष्य निर्माण गर्ने र निर्माता को बहस गर्ने थलो ह‍ो । किनकि हजारौं को बलिदानि लाखौको योगदानि र करोडौंको को प्ररिश्रम र मेहनेत ले सृजित एक मात्र क्षेत्र हो आजको संसद । यहाँ सक्षम ,सबल ,कर्मठ,परिवर्तनशिल, जुझारु, सिर्जनशिल, दक्ष, अनुभबि, ज्ञानी र जसि ब्याक्तित्व हरुलाई घाम पानि, हावा हुरि, बिकिरण र सितबाट जोगाएर गरिब निमुखाले छानि छानि पठाएका हुन्छन । त्यी एक छाक टार्न ध‍ौधौ हुने गरिबको पसिना र रगतबाट जन्मिएका ब्यक्तित्वले सडकमा अाएर फेरि एक पटक मेहनत गर्न गुहार मागेका छन्, या कोहि संसद भित्र सामल बोकेर अाएका छन भनेर जानकारी दिएका हुन यस्मा हामी दोधारमा परेका छौ । यो प्रस्ट पार्न जरुरि छ । एम सि सि गलत छ । संसदमा सहि र गलत छान्न नसक्ने पनि हुनुहन्छ त ?

    संसदमा अाएका प्रस्ताव सांसदले ल्याउछन वा कोहि पाहुनाले पनि ल्याउन पाउँछन् ? संसदभित्र कोहि नारद कोहि राम अनि कोहि राबण पनि छन त ? प्रस्ताव पास गर्न बहुमत र अल्पमतले काम गर्न छोडेकै हो त ? आज जनमानसमा यी प्रश्नले खेलिरहेका छन । अच्चमित छन अाजित छन, यहाँ ताजुवमा डुबेका छन । केका लागि र कस्का लागि बहस हुँदैछ,  किन हुँदैछ बहस ,संसदको जिम्मेवारी दिएर पठाएका छन जनताले संसदभित्रका कुरा सडकमा ल्याएर प‍ोखेर लोकप्रियता हासिल गर्ने सपना अधुरै रहन्छन् । अब एजेन्डामा रमझम हैन सकृय भएर काम देखाए अाफै लोगप्रिय भईन्छ । यो सत्य कुरा हो । गोहिको अाँसुले अबको दुनियाँमा कुनै अर्थ राख्ने वाला छैन । स्वाधिनताको लडाई कसरी लड्नु पर्छ भनेर अान्दोलनमा गुमेका हातका अौलाले स्वस्तिक छाप लगाउने सँग अर्ति माग्न पुगेपनि कुनै फरक पर्दैन । छाप हान्नु अघि सबै बुझर नै अाउनु भएको छ । खुट्टा र हात कमाउन जरुरि छैन । ६६ अर्ब एनसेललाई दान छोड्नेले किन ६६ अर्बमा अस्मिता लुटाउने ? यो पैसाले कर्णालिमा एक पुल लाग्दैन, लालसा नगरे हुन्छ । बिकास धनले मात्र हैन मन पनि चाहिन्छ । यहाँ संसद बचाएर सहि नियम र कानुन बनोस् ६५ अर्ब के खर्ब एक घन्टामा दान गर्न तयार छन स्वाभिमानी नेपाली । अहिले प्रविधिको दुनियाँमा सबैले अबलोकन सक्छौं कि नेपालीहरुले बिदेशमा पसिना बगाएर स्वदेशमा हात गुमाउनेलाई करोडौं सहयोग गरिरहेका छन् । बारीमा पसिना बगाएर मृगौला, मुटु र कलेजो पिडितलाई बिना सर्त बचाउन तयार छन । आज नेपाली  यो जाबो ६५ अर्बका लागि किन यत्रो मरिहत्ते ? यो किन हुदैछ- पद कि प्रतष्ठाका लागि या सत्ता र शक्तिका लागि ?  जनताको मतले पावर फुलवाला वा उतैबाट सामलतुमल गरेर सिधै संसद छिर्नेवाला को हो ? यहि कुरा आज जनता जान्न चाहान्छन र सडकमा यो कुरा स्पस्ट आउनुपर्छ । यस्को उद्धारमा जनता खटिन तयार छन ।

    के संसद भित्रको दुई दिहाईमा पनि भुकम्प अाएको हो त ? यस्तो देखिन्छ कि कतै कम्युनिष्ट सरकार अथवा अहिलेको दुईतिहाई सरकार असफल गर्न यो खेल त खेलिदै छैन । यो श्लोक हो, या हरफ हो कुन संग्रह र ग्रन्थ बाट झिकिएको हो । हैन भने किन रट्ने काम भैरहेको छ । बिधिले चल्ने संसदमा किन छैन दुई तिहाईको निर्णय ? के दुई तिहाईको धम्कि भोट हाल्ने निमुखा जनतालाई दिनलाइ मात्र हो त ? के हुदैछ मेरो देशमा, हिजोको एक मिडियामा गगन थापाले खुलेर बिरोध गरेका छन् । तर उनकै पार्टी भित्र पनि एकरुपता देखिन्न । यो राष्ट्रघाति छ कुनै हालतमा पास गर्नु हुन्न । यो अवस्थामा दलाल र सामल बोक्नेहरुलाई एक कुनामा राखेर स्वाधिनताको लडाइँमा पार्टी हैन सच्चा देशभक्तहरु मिलेर अघाडि बढ्नु अहिलेको अावश्यकता हो ।सबै शक्ति र सबै क्षेत्रमा छरिएका राष्ट्रवादीहरु एक ठाउँमा जुट्न जरुरी छ । संकटको बेला कर्णालीतिर एउटा उखान छ -‘छिउ अाए पुर्ब हेराई लाग्छ।’ अध्यात्मवादलाई बिस्वास गर्नै पर्ने हो त ? यदि यसलाई बिश्वास गर्ने हो भने हाम्रो धर्म र संस्कृतिको मुटु पशुपतिमा पुजारी बिदेशी भएर स्वाधिनता माथि न‌ै प्रश्न चिन्ह खडा भएको छ ।

    थुप्रै मित्रहरुले सामाजिक संजालमा अाफ्ना अाक्रोश पोखेको देखिएको छ । यति सम्म कि एम सि सि मुर्दाबाद ! संसदमा अाएको प्रस्ताब खारेज गर ! एम सि सि प्रस्ताव धोका हो ! धन्यवाद छ सम्पुर्ण स्वाधिन मनहरुलाई माक्र्सवाद मान्ने हुनाले क्रान्तिकारी स्वाभाब देखाउनेलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु । यहि कुरामा गर्व गर्छु किनकि देशलाई संकट जब पैदा हुन्छ सडकमा अाबाज उठ्छ । यस्ले जस्तो रुप दिएपनि आखिर अावश्यकता परिपुर्ति गरेकै हुन्छ । तर अर्को पट्टि मुन्टो कतिखेर निहुराउनु पर्ने देखाउँछ । यो परिस्थितिले जब सदन भन्दा सडकमा अावाज उठ्न थाल्छ । संसदमा पैदा भएको संकटलाई लिएर त्यस बेला संसद भन्दा सडकमा स्वाभिमानि , इमान्दार , देशभक्त ,बफादार ,जुजारु,कर्मठ र प्रगतिशील मानिसहरूको उपस्थिति छ भन्ने कुराको महसुस हुन अाँउछ । यसले संसदलाई मात्र हैन नेपाली राजनीतिलाई नै संकटमा पारेको छ र बृतृष्णाको श्रोत बनाईदिएको छ । यस बिषयमा गम्भीर ध्यान जान जरुरि छ र बहसमा केन्द्रीकृत हुन जरुरि छ । बालुवामा पाईपको पानीले केही असर गर्दैन । कित नहर बनाउनु पर्छ कित बालुवालाई माटोमा रुपान्तरण गर्ने विधि अपनाउनु पर्छ । नत्र यो संघियता, यो गणतन्त्र र यो संविधान घाममा सुक्ने बाहेक अरु कुनै बिकल्प छैन ।

    अहिले देशमा बहस बिदेशि लगानिको हैन राजनीति स्थिरता, गणतान्त्रिक नेपालको संस्थागत विकासमा जोड दिन आवश्यक छ। हतारो किन सरकार पाँच बर्ष चलाएर ग्रिन कार्डको पर्खाइमा हो । चिन्ता किन लाईनमा हामी जनता छौ अहिल्यै छोडेर जान पाउने तपाईको मानव अधिकारले दिएकै छ । तपाईको बिदाईमा मन मात्र दुखाउन सक्छौ बिदाई गर्न तयार रहन्छौ । दुख पीडा र मिलन बिछोडबाट कडा मुटु बनेका नेपाली हौ । तर स्वाभिमान र स्वाधिनतालाई सति लैजान छुट छैन । य‍ो कोहि कसैका लागि हितमा रहदैन । यो बुझ्न जरुरी छ । हामी नेपाली सबै कुरा पचाउँदै आएका छौं । हामीले राजा गुमाएका छौं, मदन भन्डारी,रबिन्द्र अधिकारी, सुशील कोईराला , गिरिजा प्रसाद कोइराला कृष्णप्रसाद भट्टराई, गंगालाल श्रेष्ठ, महान जनयुद्धमा त हजारौं एकै चिहानमा यिनै हातले दाहसंस्कार गरेका छौं । खाडिको चर्को गर्मिमा कसैले आधा जीवन त कसैले पूरा जीवन गुमाएर घर फर्केका छौं ।

    अब सबैले सामाधान खोज्न जरुरी छ । कोहि सति जाने त कोहि सहिद हुने संकेत छ । किनकि एमसीसी संसद भवनभित्र आएको बिपत न‌ै हो । बिपतमा कसैले ढिलासुस्ती गर्न हुँदैन । आफ्नो क्षामता अनुसारको सहयोगमा जुट्न जरुरी छ र संसद भवनलाई बचाउन अहिलेको आवश्यकता हो र हामी सबैको भलाई यसैभित्र छ । एमसीसी धोका हो जय स्वाभिमान, जय संसद भवन !

    प्रतिकृया दिनुहोस्