News Portal

  • सुलेमानीको हत्यपछि ट्रम्पविरुद्ध महाअभियोग अघि बढ्ने भो

    ३०५ पटक

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोग सम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढ्ने भएको छ । इरानका सैन्य कमाण्डर कसिम सुलेमानीको हत्या गर्ने अधिकार दिएपछि उत्पन्न परिस्थितिले ट्रम्पमाथि महाअभियोग अगाडि बढेको हो । युद्ध घोषणा गर्ने ट्रम्पको अधिकार कटौती गर्नुपर्ने माग अमेरिकी संसदमा उठेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अुनसार आगामी सात दिनभित्रमा महाभियोगको प्रस्ताव अघि बढाउने तयारी भइरहेको छ ।

    बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले लगाएको उनीमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइनेछ । सिनेट अमेरिकी संसदको माथिल्लो सदन हो ।

    सिनेटमा १०० जना सांसद रहनेछन् । उनीहरुले दुईतिहाइ बहुमतबाट राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन सक्नेछन् ।

    महाभियोग प्रस्तावमाथिको समग्र प्रक्रियाको नेतृत्व अमेरिकाका प्रधानन्यायाधीशले गर्नेछन् । कानुनी प्रावधानअनुरुप नै उनलाई पनि यस विषयमा सहभागी गराइनेछ र त्यो प्रक्रिया यसै हप्ताबाट नै सुरु हुने पनि सिनेटका एकजना अधिकारीले जानकारी दिएका छन् ।

    यसै हप्ताको बिहीबार अथवा शुक्रबारसम्ममा अमेरिकाको सर्वाेच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टले सिनेटमा हुने यससम्बन्धी महाभियोग प्रक्रियाको अध्यक्षताको शपथ लिने कार्यक्रम छ ।

    महाभियोग प्रक्रियाको अध्यक्षता अमेरिकी सर्वाेच्च अदालतका प्रधानन्यायाधीशले ग्रहण गर्ने कानुनी प्रावधान रहेको छ । यसरी यो महाभियोगमा मतदान हुनुअगाडि नै केही प्रक्रियाहरु रहनेछन् । ती प्रक्रिया पूरा गर्दा त्यस्तै आगामी फेब्रुअरी महिनाको अन्त्यसम्ममा लाग्ने बताइएको छ ।

    सिनेटका अधिकारीले यसै हप्ताबाट नै उनका विरुद्धको महाभियोगको प्रक्रिया प्रारम्भ हुने जानकारी गराएका हुन् ।

    यसअघि, गत महिनामात्र अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेको भन्ने आरोपको पक्षमा मतदान गरेको थियो । त्यो ट्रम्पविरुद्धका दुई महाभियोगका आरोपहरूमध्येको एउटा थियो ।

    त्यस महाभियोग प्रस्तावमा भएको मतदानमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । अमेरिकी राजनीतिक पार्टीको एजेन्डाअनुरुप नै मत खसेको बताइएको थियो । अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए ।

    राष्ट्रपति ट्रम्पले अब महाभियोगको दोस्रो आरोपको रूपमा रहेको कंग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा पनि मतदानको सामना गर्नुपर्ने देखिन्छ । डोनाल्ड ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन् ।

    उक्त मुद्दा माथिल्लो सदन सिनेटमा प्रवेश गरेपछि गरिने महाभियोगको प्रस्तावमाथिको मतदानले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारेसमेत निर्णय गर्नेछ ।

    प्रतिकृया दिनुहोस्