News Portal

  • माघीको अबसरमा आज र भोलि सार्वजनिक बिदा 

    १६५ पटक

    बुटवल । सरकारले माघेसंक्रान्तिको अबसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश नम्बर ५ सरकारले माघीको अबसरमा आज र भोलि सार्बजनिक बिदा निर्णय गरेको छ ।

    प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार प्रदेश पाँचका सबै जिल्लामा माघी पर्व विशेषरुमा मनाउने थारु तथा मगर समुदायको उल्लेख्य बसोबास रहेकाले प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    यसैबीच माघी पर्वकाे अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नै सरकारी निवास बुटवलमा शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गरेका छन् । पोखरेलले सांस्कृतिक पर्वहरुले नै समाजलाई एकताबद्ध गराइ आर्थिक समृद्धिकाे दिशामा अग्रसर गराउँने बताए ।

    प्रतिकृया दिनुहोस्